एक अर्बभन्दा बढी भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर–उपमेयरले पाए सफाई
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगा उत्खनन र निकासीमा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जन, उपमेयर अधिकारीसहित ५ वर्षका प्रमुख प्रशासकीय अधिकृतहरू र लेखा अधिकृत, क्रसर सञ्चालकसमेतलाई १ अर्ब ४ करोड बिगो माग दाबीसहित १४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बुधवार उनीहरूलाई सफाइ दिएको हो । आर्थिक वर्ष २०७५–७६ देखि २०७९–८० सम्म क्रसर उद्योगलाई कानूनले तोकेभन्दा सस्तोमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकाल्न दिई राजस्व चुहावट गरेको उनीहरूमाथि अभियोग थियो ।
बागमती प्रदेशसँगको आर्थिक ऐनसँग बाझिने गरी घटी दरको राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोप दाबी प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रसम्बन्धी संवैधानिक व्याख्या भएकाले विशेष अदालतबाट परीक्षण गर्न नमिल्ने संक्षिप्त फैसलामा उल्लेख छ ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्