देशबाट किन भागिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, १५ वर्षे शासनमा ब्रेक
काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनमा ब्रेक लागेको छ । हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर देश छोडेकी छन् । प्रधानमन्त्रीले देश छाडेसंगै बंगलादेशका सेनापति वाकर उज–जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् । बंगलादेशका सेनापति वाकर उज–जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतला गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले अन्तरिम सरकारबारे बोलेका हुन । जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् । शेख हसिनालाई सत्ताबाट उखेलेर फ्याँक्न आइतबारको प्रदर्शन निर्णायक रह्यो । बंगलादेशमा आरक्षणविरुद्ध चर्किएको आन्दोलनमाथि हसिना सरकारले चरम दमन गर्दा आइतबार मात्रै देशभर ९३ जनाले ज्यान गुमाएका थिए ।
रक्तपातपूर्ण हिंसात्मक घटनाबाट ९३ जनाको ज्यान जाँदा प्रधानमन्त्री शेख हसिनले आइतबारदेखि नै देशव्यापी कर्फ्यू लगाएकी थिइन् । बंगलादेशमा विद्यार्थीले ज्यान गुमाएपछि नेपाल र भारतसहितका देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एडभाइजरी पनि जारी गरेका थिए । पछिल्ला केही सातादेखि बंगलादेशमा लगातार हिंसात्मक आन्दोलन चलिरहेको थियो ।
बंगलादेश निर्माणमा सहभागी स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने निर्णयविरुद्ध देशभर प्रदर्शन भएको थियो । सोमबार ६ जनासहित यस आन्दोलनका क्रममा मारिनेको संख्या ३०० नाघेको छ । देशभर भारी विरोध प्रदर्शन सुरु भएपछि सरकारले दमन थालेको थियो । दमन चर्किँदै गएपछि प्रदर्शनकारी विद्यार्थीहरू सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा छिरेका थिए । त्यसपछि प्रधानमन्त्री हसिना बहिनीसहित देशबाट भागेकी हुन् ।
आरक्षण प्रणालीको विरोधमा जुलाईदेखि चलेको आन्दोलनका क्रममा पुलिस र विद्यार्थीवीच चर्को द्वन्द्व भएको थियो । प्रदर्शनमा विद्यार्थीलाई देशको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले समर्थन दिएको थियो । उनी आन्दोलन थेक्न नसकेर भागेसँगै बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनमा ब्रेक लागेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, विदेश, समाचार
ट्याग : #१५ वर्षे शासन, #शेख हसिना
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्