अमेरिकी दुतावासमा पठाइएको पत्रले उपसभामुख राना तनावमा, संसदमै भनियो मानव तस्कर, सुमनाको प्रतिवाद

काठमाडौं । उपसभामुख इन्दिरा रानामाथि मानव तस्करको गम्भिर आरोप लागेको छ । उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरी पाँच जनालाई अमेरिकाको भिसाको लागि अन्तरर्वार्ताका लागि समय मिलाइदिन लेखेको पत्रले राजनीतिक बृत्तलाई तताएको छ ।
संबैधानिक परिषदको सदस्य समेत रहने उपसभामुख रानाले संसदसँग असम्बन्धित ब्यक्तीका बारे अमेरिकी दुताबासलाई पत्र लेख्नु लज्जाको बिषय भएको भन्दै आलोचना भइरहेको छ । तर, कुनै गलत काम नगरेको भन्दै रास्वपा र उपसभामुख रानाले नै बिज्ञप्ती जारी गर्दै बचाउ गरेपनि यो बिषयले संसद समेत तातिएको छ ।
उपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै सत्ता र प्रतिपक्षका बीचमा जुहारी नै चलेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको भन्दै मानव तस्करसँग जोडेर ब्याख्या गरे ।
आफैंले सिफारिस गरेका व्यक्तिलाई उपसभामुखले नचिनेको समेत भनेको उल्लेख गर्दै उनले पैसा लिएर यस्तो काम गरेको गम्भिर आरोप लगाए । कांग्रेसले उपसभामुख रानालाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गर्दा नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाए । उनले यस्ता गतिविधि गर्ने उपसभामुख र संबैधानिक परिषदको सदस्य नचाहिएको बताए ।
कांग्रेस एमालेको एउटै स्वर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखको संसदमा प्रतिरक्षा गरिन । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन् । श्रेष्ठले पद्दति बसाउने भएर सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।
माओवादी केन्द्र सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने बताए । उनले राजनीतिक र नैतिक प्रश्न भएपनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिए ।
संवैधानिक परिषदमा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र एक प्रधानन्यायाधीश छन् । त्यहाँ बहुमत पु¥याउन गरिएको खेलको प्रतिबाद गर्ने उनको भनाई छ । उपसभामुख राणामाथि सत्ता पक्षले गम्भिर प्रश्न उठाइरहँदा रानालाई रास्वपा लगायत प्रतिपक्ष दलहरुले भने बचाउ गरिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्