एक मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक २ मिनेटमै स्थगित (भिडियोसहित)
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सांसद खतिवडाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए ।
बैठकमा मन्त्री नै उपस्थित नभएपछि २ मिनेट बसेर बैठक स्थगित गरिएको थियो । संसद बैठक चलिरहदा प्रधानमन्त्री र मन्त्रीहरु भने सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसिरहेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२ मिनेटमै स्थगित, #एक मन्त्री पनि उपस्थित, #मन्त्री उपस्थित
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्