नेपाली बिद्यार्थी संघ सिन्धुलीले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
सिन्धुली । नेपाल बिद्यार्थी संघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी नेपाल विद्यार्थी संघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ ।
त्यस्तै, सहकारी ठगीमा संलग्न सहकारी सस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न पनि उसले माग गरेको छ ।
विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गर्न पनि सरकारको नेविसंघले ध्यानाकर्षण गराएको छ ।
उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग पत्र बुझाइएको जिल्ला अध्यक्ष भरत बिक जानकारी दिए ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल बिद्यार्थी संघ सिन्धुली, #प्रधानमन्त्री तथा मन्त्री परिषद्को
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्