भ्रमण छोट्याएर फर्किएका उपेन्द्रले संसदीय दलको बैठकमा छलफल गदैं बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।
कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई स्वागतका लागि पार्टीका नेता रकार्यकर्ता र मन्त्रालयका अधिकारी पुगेका थिए ।
उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए । यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ ।
केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने बताइएको छ । अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जना मात्रै सांसद छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफू विदेशमै, #बहुमत सदस्यले पार्टी, #स्वास्थ्यमन्त्री उपेन्द्र यादव
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्