गैरकानूनी बाटोबाट किर्गिस्तान नजान नेपाली राजदूतावासको आग्रह
काठमाडौं । पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासले धेरै नेपाली किर्गिस्तानमा अलपत्र परेको भन्दै अवैध बाटोमार्फत त्यसतर्फ नजान आग्रह गरेको छ।
दुतावासले किर्गिस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिएर ठगी गर्ने र त्यहाँ लगेर अलपत्र पार्ने क्रम बढेको बताएको छ। अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको र केही फर्किने क्रममा रहेको बताएको छ।
‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ’, दूतावासले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानूनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्