महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा जाहेरी दर्ता
	
				
			काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।
पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको प्रहरीले बताएको छ। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।
बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छन् ।
बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपर्टमेन्टमा डाँका चोरीसमेत गरिएको दावी पीडितले गरेकी बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जाहेरी दर्ता, #फौजदारी कसुर, #महेश बस्नेतविरुद्ध
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्