प्रतिनिधिसभाको बैठक दश दिनका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक १० दिनका लागि स्थगित भएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ, आईपियूको बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्यान्ड जाने कार्यक्रम छ ।
यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसद्को अन्तर्राष्ट्रिय शाखाका प्रदीप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि साथै जानुहुनेछ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुखसहितको टोली बिहीबार आईपियूमा गएर चैत्र १६ गते फर्किने कार्यक्रम छ ।
सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्यान्ड जाने भएपछि संसद् बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१० दिनका लागि स्थगित, #प्रमुख सचेतक
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्