सशस्त्र प्रहरी उपरीक्षक सिंहको दाबी, सीमा नाकाबाट हुने तस्करी रोक्छौं
बारा । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले आफ्नो मातहातका युनिटहरुलाई नाकामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् । बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक सिंहले तस्करी धन्दालाई ठप्प पार्न सक्रिय बन्न निर्देशन दिएका हुन ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्भालेको केही साताभित्रै सिमाबाट हुने तस्करी रोक्न सफल भएको दाबी गरिएको छ । सीमा नाकाबाट अवैध गतिविधि गर्नेहरुका लागि सशस्त्र प्रहरी उपरीक्षक सिंहले एक्सन लिएका हुन । सशस्त्र प्रहरी उपरीक्षक सिंहले शान्ति सुरक्षामा समेत निगरानी बढाउन निर्देशन दिएका छन् ।
सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोज्नेहरुलाई सिधै कानुन बमोजिम कारवाही गरिने उनले बताए । सीमा नाकाबाट लागु औषध, हुन्डीको रकम सहित कारोवारी, राजस्व छलिका मालसमानहरु बरामद गरिएको उपरीक्षक सिंहले दावी गरे ।
सीमा नाका वरिपरीका गाउँहरुका स्थानीयवासीहरुले पनि सशस्त्र प्रहरीले सिमा नाकामा विगतभन्दा निगरानी बढेको बताएका छन् । ग्रामिण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको स्थानीयको गुनासो थियो । बारा र पर्सा जिल्लाको सीमा मुसहर्वादेखि बारा र रौतहटको सीमा कचोर्वासम्मका स्थानीयहरुले पनि सशस्त्र प्रहरीको ड्युटी बढेपछि राहत महसुस गरेको दाबी गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्