Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

प्रतिपक्ष हुने वित्तिकै कांग्रेसले रोजेको संसद अवरोधको बाटो, रविमाथि निरन्तर प्रहार (भिडियोसहित)


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भयो । दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसद्हरु नाराबाजीमा उत्रेका थिए ।

कांग्रेसले नाराबाजी गर्दै संसदको वेल घेराउ गरेपछि गृहमन्त्री लामिछाने रोष्ट्रममै पुग्न सकेनन् । कांग्रेसले पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए ।

प्रचण्डको जवाफ नआएसम्म गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेश गर्न नदिने अडान कांग्रेसले लिएको छ । सभामुख घिमिरेले राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग सामुहिक र एक्ला एक्लै संवाद गरे । गृहमन्त्री लामिछानेले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाए संसद चल्न दिने कांग्रेसको भनाइ थियो । तर, सत्तारुढ दलहरु यस्तो अभ्यास गर्न नहुने अडान राखे ।

दलहरुबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि पुनः बसेको थियो । दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध ग¥यो । कांग्रेस सांसदहरुले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरिदिएका छन् ।

रोष्ट्रममै जान नपाएका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसले राजीनामा माग्दैमा आफ्नो काममा कुनै बाधा नपर्ने बताए । उनले संसदमा बोल्न दिए कांग्रेसलाई सबै कुरा खुलस्त पारिदिने बताएका छन् । सरकारमा नयाँ सत्ता समिरकण नहुँदै विभिन्न मन्त्रीको राजीनामा माग्दै एमाले र रास्वपाले संसद बैठक चल्न दिएका थिएनन् । तर, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले केही दिनदेखि रवि लामिछानेको राजीनामा मागिरहेको छ ।




क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, #रवि लामिछानेको राजीना

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं