दक्षिण गाजामा आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतन्याहुको अडान
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजामा आक्रमण जारी राख्ने अडान राखेका छन् । गाजामा युद्ध अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताका लागि मध्यस्थ गरिरहेको कतार पनि इजरायलको अडानपछि पछि हटेको छ।
इजरायलले गाजामा भइरहको खाद्यान्न अभावमा आफूहरूलाई दोष नदिन भनेको छ। उसले दक्षिणमा दुईवटा क्रसिंगमार्फत सहायतालाई अनुमति दिइरहेको बताउँदै खाद्यान्न अभावमा इजरायल दोषी नरहेको बताएको हो ।
यसैबीच हिजबुल्लाहले रकेट प्रहार गरेपछि जवाफमा इजरायलले लेबनानको बालबेकमा आक्रमण गरेको छ । आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ। बालबेक उपत्यका लेबनानी सशस्त्र समूहको गढ हो, जुन लेबनानको सिरियासँगको सीमा नजिक छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्