बामदेव गौतमको गुनासोः राष्ट्रिय सभाको यो अपमानजनक पद कहिले जाला ?
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमान जस्तो लाग्न थालेको गुनासो गरेका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताएका हुन् । उनले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न नसकेको बताए । नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको गौतमको भनाई छ ।
त्यस्तै, बैठकमा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको बताइन । उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्नेकुरा निर्धारुण हुन जरुरी रहेको बताइन । नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भनेपनि सो अनुसार काम हुन नसकेको उनको भनाई छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अपमान जस्तो लाग्न थालेको, #बामदेव गौतमको गुनासो
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्