कर्णाली प्रदेशका गठबन्धनका राष्ट्रियसभा उम्मेद्वार सल्यानमा, मतदाता र नेताहरुसँग छलफल
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशका गठबनधनका उम्मेद्वार प्रचार–प्रसारमा ब्यस्त भएका छन् । राष्ट्रिय सभामा उम्मेद्वार बनेका नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका तर्फबाट बिष्णुबहादुर विक र नेकपा एकीकृत समाजवादीका तर्फबाट साबित्रि मल्ल चुनावी प्रचार–प्रसारमा ब्यस्त भएका हुन् ।
सत्ता गठबन्धनका साझा उमेद्वारहरुले कर्णालीका बिभिन्न जिल्लामा पुगेर प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग भेटघाट र छलफल गरिरहेका छन् ।
शनिबार उनीहरुले कर्णाली प्रदेशको सल्यान जिल्लाका जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा सत्ता गठबन्धन दलका जिल्लाका नेताहरुसँग समेत छलफल भएको बताइएको छ । सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउन आफूहरु लाग्ने नेताहरुले प्रतिबद्धता जनाएका छन् ।
मतदाताहरुले पनि जितको शुभकामना दिदैं प्रभावकारी काममा लागि अपेक्षा गरेको समेत बताएका थिए । यसअघि सत्ता गठबन्धनका उम्मेद्वारले दैलेखका मतदाता र नेताहरुसँग पनि छलफल गरेका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाया, #प्रचार–प्रसारमा ब्यस्त, #राष्ट्रिय सभा निर्वाचन
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्