रुकुमपश्चिम सोती हत्याकाण्डको फैसलापछि पीडित परिवारले गरे अदालतलाई ढोगेर फूलको वर्षा !

रुकुमपश्चिम । जिल्लाको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको भन्दै खुशीयाली मनाएका छन् । रुकुम जिल्ला अदालतबाट मंगलबार बेलुका फैसलाभएपछि बुधबार उनीहरुले रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा फैसलाको स्वागत गर्दै र्यालि निकालेर खुशीयाली मनाएका हुन ।
बाजागाजा सहित आफन्तजन र अधिकारकर्मीहरुको साथमा रहेका पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै ढोग गरे । उनीहरुले पुष्प अर्पण समेत गरेका थिए । मृतकका आफन्तहरुले फूलमाला सहित बजार परिक्रमा समेत गरे । छोरा मरे न्याय मरेन, सकियो अब भन्नेवाद, ? अदालतलाई धन्यबाद, न्याय पाए आमाले, शान्ति पाए आत्मले, भाई बगाउने भेरीहरु ? नबगाउनु फेरि अरु लगायतका नारा सहित सोती घटनाका पीडितहरुले बजार परिक्रमा गरेका थिए ।
मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन बर्षको लडाईपछि न्यायको महशुस जीत भएको बताए । फरक जिल्लामा न्यायको लडाई भईरहेको र राजनीतिक कारणले न्याय पाईदैन कि भन्ने लागेको बेला न्यायलयले न्यायको अनुभुति दिलाएको उनको भनाई छ । उनले जिल्ला अदालत र न्यायाधीसलाई भगवानको संज्ञा दिए । त्यसैगरी घटनामा मृतक गोबिन्द शाहीको आमा भिमी कुमारी शाहीले अनिदो र भोकै रहेर पनि न्यायको लागि लडेको बताइन । न्याय नपाउने चिन्तामा रहेका आफूहरुलाई अदालतले न्याय दिएको उनको भनाई छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको मङ्गलबार फैसला भएपछि आज ¥र्याली निकालिएको हो । उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।
तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् ।
नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ हुन् । यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #यालि निकालेर खुशीयाली मनाए, #सोतीमा ६ जनाको ज्यान जाने, #हत्याकाण्डको फैसला
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्