Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने


काठमाडौं । विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पाउने अपेक्षामा थियो। तर, १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसक्दा नेपाल पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा ठूलो लक्ष्य पनि सहजै पछ्याउँदै आएको नेपाल बिहीबार ओमनसँग भने कमजोर सावित भयो। मोन्टी देशाईले टिम सम्हालेयता नेपालले घरेलु मैदानमा दोस्रो हार व्यहोरेको हो ।

समूह चरणको अन्तिम खेलमा ओमानले भने नेपाललाई खेलभर दबाबमा राख्यो। बलिङमा राम्रो प्रदर्शन गर्दै मध्यम लक्ष्यमै ओमनलाई रोके पनि जवाफमा नेपाली ओपनर चल्न सकेनन्। सोमपाल कामी तेस्रो नम्बरमा मैदान पसे । एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनी असफल प्रयोग सावित भए ।

आज नेपाल यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ। पछिल्लो समय नेपालले निकै महत्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीको रुपमा पाएको छ। यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो। ती दुवै खेलमा नेपाल विजयी भएको छ। तर एक हप्ताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिद्वन्दीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो। आज को खेलमा पनि ओपनिङ पार्टनसिपको धेरै आवश्यकता छ। ​ त्यसैगरी मिडल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ। आजै हुने अर्को खेलमा ओमान र बहराइन आमने सामने हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालले आज युएई, #विश्वकप प्रवेश

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं