अशान्त बन्दै धरान, हिन्दू संगठनद्धारा धरानमा धार्मिक र्याली, दुर्घटना हुने डरले निषेधाज्ञा जारी !
काठमाडौं । धरानमा सार्वजनिक रुपमा गोरु काटेर खाएको घटनाले धरान अशान्त बनेको छ । सम्भावित खतरा टार्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि हिन्दु धर्मगुरुहरुले भने इटहरीमै प्रदर्शन गरेका छन् । हिन्दु धर्मगुरुहरुलाई धरान प्रवेश गर्न नदिन प्रशासनले प्रहरी परिचालन समेत गरेको थियो । गोरु काटेर खाएको भिडियो सार्वजनिक हुँदा पनि स्थानीय प्रशासनले कारबाही नगरेको भन्दै पूर्वी नेपाल अशान्त बनेको छ ।
गत साउन ३२ गते धरानमा सार्वजनिक रुपमा नै गोरु काटेर खाएको भिडियो बाहिरिएपछि हिन्दु धर्मगुरुहरुले शनिबार धरानमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । हिन्दु धर्मगुरुहरुले गर्ने प्रदर्शन हिंसात्मक हुने आशंकापछि शुक्रबार रातीदेखि शनिबार रातीसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर निषेधाज्ञाकै बिचमा समेत हिन्दु धर्मगुरुहरुले प्रदर्शन गरेका छन् ।
हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको ¥यालीमा हजारौं सर्वसाधारण सहभागी भए । सहभागीहरुले गौ हत्या बन्द गर, मरे बलिदान बाँचे स्वाभिमान गौ संरक्षणमा हाम्रो अभियान जस्ता नारा लगाएका थिए । ¥यालीले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विगत केहि दिनयता संसदमा पनि सांसदहरुले गोरु काटेर खाएको विषयमाथि सरकारको जवाफ मागेका थिए । सांसदहरुले समेत गोरु काटेर खानेलाई कारबाही गर्न माग गरेका थिए । सडकदेखि संसदसम्मै बहशको विषय बनेको धरानको घटनाले देशका विभिन्न ठाँउबाट हिन्दु धर्मका अगुवाहरू प्रदर्शनका लागि धरान पुगेका हुन् ।
नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ । त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ । गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ । तर पछिल्लो समय मानिसहरुले कानुनको वेवास्ता गरी गोरु काटेर खाएको भिडियो निर्धक्कका साथ सार्वजनिक रुपमा सामाजिक संजालमा पोस्ट हुने गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धरानमा धार्मिक ¥याली
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्