केही दिनमै प्रधानन्यायाधीश अवकाशमा जाँदै, सर्वोच्च अदालतमै रिक्त हुँदै एक तिहाइ न्यायाधीश !
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अवकाशमा जान दुई दिन मात्रै बाँकी छ । तर, प्रधानन्यायाधीशको नाम सिफारिसको कुनै सुरसार नै छैन् । अदालतहरुमा पनि न्यायाधीस नियुक्तीमा ढिलाई भईरहेको छ । सर्वोच्च अदालतमै न्यायाधीश रिक्त छन । समयमै नियुक्त नगर्ने हो भने एक तिहाई पद अझै रिक्त हुनेछन । तर न्यायपरिषदले भने नियुक्तीका लागी अझै चासो देखाएको छैन ।
गएको असारमा २ महिनाका लागी प्रधानन्यायाधिसमा नियुक्त भएका प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले अवकाश पाउन पुग नपुग एक हप्ताको समय बाँकी छ । तर कार्यभार सम्हाल्दै गर्दा छिट्टै न्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्ने बताएका कार्की बाचा पुरा गर्न भने चुकेका छन् । त्यसोत कार्कीले न्यायाधीश नियुक्तीमा आफ्नो सक्रियता कायमै रहेको बताईरहेका छन् । तर पदाबधि सकिनै लाग्दा उनको कार्यकालमा न्यायाधीश नियुक्त हुने सम्भावना भने कमजोर बन्दै गएको छ ।
प्रधानन्यायाधीश कार्की स्वयंले पनि न्यायाधीश नियुक्तीमा ढिलाई भईरहेको बताईरहेका छन । न्यायाधीश नियुक्तीमा ढिलाई हुदा अदालतको काम कारबाहि पनि प्रभावित बनेको प्रधानन्यायाधीश कार्कीको स्विकारोक्ति छ । न्यायाधीश रिक्त हुनुभन्दा एक महिना अगाबै नियुक्तीका लागी सिफारिस गर्नुपर्ने प्राबधान छ । तर, सर्वोच्च अदालतमा अहिले ६ जना न्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधिस कार्कीको अबकासपछी यो संख्या ७ पुग्नेछ । त्यसको प्रत्यक्ष असर न्याय सम्पादनमा पर्नेछ ।
राजनीतिक भागबण्डामा सकस भएपछी न्यायाधिस नियुक्तीमा ढिलाई भईरहेको आरोप पनी लागीरहेको छ । तर, प्रधानन्यायाधिस कार्की भने राजनीतिक मतभेदका कारण न्यायाधीश नियुक्तीमा ढिलाई नभएको बताउछन । न्यायाधीश नियुक्तिका विषयमा सम्बन्धित निकायले चासो ब्यक्त गरीरहेका छन । सरकारी वकिल समाजले त सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीशको पद रिक्त रहेको र नियुक्ति ढिलाइ भएको भन्दै एक विज्ञप्ति पनी सार्बजनिक गरीसकेको छ । तर, कानुनमन्त्री धनराज गुरुङ भने न्यायाधिश नियुक्तीमा ढिलाई नहुने बताउछन ।
त्यसो त सर्वोच्च अदालतमा मात्रै होइन, उच्च र जिल्ला अदालतमा समेत न्यायाधीशको दरबन्दी खाली छ । तर वहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकाशअघि सरकारले न्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउने संकेत गरेको छैन । साउन १९ गतेदेखि कार्की अवकाशमा जाने र भावी प्रधानन्यायाधीश नियुक्त भएपछि मात्रै न्यायाधीशहरु नियुक्ती हुने देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानन्यायाधीश हरिकृष्ण कार्की
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्