प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्केका छन् । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गर्न लागेका हुन् । उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ ।
कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएका थिए । त्यसलगत्तै हुन लागेको मोदीको फ्रान्स भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले मोदीलाई स्वागत गरेसँगै नयाँ दिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ ।
भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए । यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको भारतको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्