पशुपतिमा अख्तियारको चासो, सुनको जलहरी परिक्षणदेखि पूर्वसदस्य सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग आयोग जलहरीको नाप जाँच गर्न आईतवार पशुपतिनाथ पुग्यो । जलहरीमा सुन गायब भएको उजुरी परेपछी आयोग पशुपतीनाथ पुगेको हो । जलहरी बनाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको हुँदा उनले भ्रष्ट्राचार गरेको भन्दै माओवादी सांसदले संसदमा आरोप लगाएपछि एमाले संसद नै अवरोध गरेको थियो । पशुपतिनाथको सुनको जलहरीमा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
१० किलो सुन गायब भएको उजुरी परेपछि छानविनका लागी आयोग आईतवार पशुपतिमा नापतौलका लागि पुग्यो । २०७७ सालको माघ १२ गते आफ्नी पत्नीसहित पशुपतिनाथ मन्दिरमा पुजा गर्न गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्नका लागि राज्यकोषबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले त्यसका लागि करिब १ अर्बको बजेट अनुमान ग¥यो । यो जलहरीका लागि सुरूमा करिब १०४ किलो सुन लाग्ने अनुमान गरिएको थियो ।
जलहरी बनाउनका लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गरेको थियो । कोषले २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाएको थीयो । त्यसमा पनि कोषले ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राख्न लगाएको छ । २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम मात्रै भएको मुचुल्का उठाइएको छ । महालेखा परीक्षक कार्यालयको एउटा प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले राष्ट्र बैंकबाट करिब १०३ किलो ७७३ ग्राम सुन किनेको उल्लेख छ ।
बाँकी सुन कता गयो भनेर संसदमा नै कुरा उठेको छ । नेकपा माओबादी केन्द्रका सांसदले कति हराएको हो ? कति बाँकी छ ?’ भन्ने प्रश्न संसदमा जानकारी गराउन माग गरेका छन् । जलहरी लगाउदा सुन हराएको भनि महालेखापरीक्षको कार्यालयले आफ्नो ५९ औ प्रतीवेदनमा उल्लेख गरेको छ । सोहि प्रतिवेदन लाई आधार मानेर एमाले अध्यक्ष ओलीमाथि आरोप लगाएपछि एमालले संसद नै अवरुद्ध गरेको थियो । नेकपा एमालेले जलहरीको विषयमा आफुलाई आरोप लगाएको भनिएपनि जनस्थरवाट यसको सत्य–तथ्य छानबिनको आवाज उठिरहेको छ ।
त्यस्तै, पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा बहाल रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएकोले सोही बमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ । उक्त स्रोत नखुलेको बिगो ढकालको नाममा हाल कायम रहेको घर÷जग्गाबाट जफत गराउन मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अख्तियार दुरुपयोग, #जलहरी बनाउँदा, #पशुपतिनाथ
ताजा खबर
- १लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- २सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ३भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ४समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ५ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
तपाईको कमेन्ट लेख्नुहोस्