Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

अर्थमन्त्री महतले भने बजेट हुबहु पास हुन्छ,सशोधन हुँदैन !


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताएका हुन । उनले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताए ।

बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताए । मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताएका थिए ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री डा. प्रकाशशरण

तपाईको कमेन्ट लेख्नुहोस्