सहकारीबाट ऋण लिएर नतिर्नेलाई कार्वाही हुन्छः रजिष्ट्रार घिमिरे

ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार पोखरामा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानुनी कार्वाही गरिने बताएका हुन ।
मुलुकमा कानुन छ, कानुन भएको मुलुकमा सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने कुरा गलत हो, यस्ता खालका अराजकतालाई कानुन अनुसार कार्वाही हुन्छ, ऋणीको जग्गा तथा उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत सम्पत्ती विक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था भएकाले ऋण नतिर्ने छुट कसैलाई पनि नभएको घिमिरेको भनाइ थियो ।
सहकारीमा राखेको धितो वा धितो नराखेको भए पनि ऋणी र उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत विक्री गरेर ऋण तिराउने व्यवस्था सहकारी ऐनमा रहेको उनले बताए । सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने उनले बताए । सहकारी क्षेत्रमा देखिएको पछिल्लो समयको समस्या वित्तीय संकटका कारण आएको भन्दै सहकारीलाई नियम अनुसा सञ्चालन नगर्ने केही सहकारीहरुका कारण समेत देशभरका असल सहकारीहरुलाई समेत तरलता समस्या सिर्जना भएको उनको भनाई छ ।
सहकारीका नाममा निजी सम्पत्ती जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर वचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कार्वाही गरी वचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला लगायतले सहकारीको समस्या समाधानमा सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालन र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको स्वागतमा भएको हो । सो अवसरमा बैंकले प्रदान गर्ने विभिन्न विधामा उत्कृष्ट हुने सहकारी संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ऋण लिएर नतिर्ने, #नमराज घिमिरे, #रजिष्ट्रार नमराज घिमिरे
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्