१९ दिनका लागि हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्दै, अनुमोदन गर्ने तयारीमा समिति (भिडियोसहित)

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अनुमोदन गर्ने तयारी गरिएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि बिहिबार बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।
समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका थिए ।
गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।
आजको बैठकले कार्कीको नाम अनुमोदन गर्ने तयारी गरेको छ । उनी १९ दिनका लागि प्रधानन्यायाधीश बन्दैछन् । ६५ बर्षे उमेरहदका कारण साउन २० गते अवकाश पाउने कार्की एक महिनाअघि विदा बस्नुपर्ने ब्यवस्था रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानन्यायाधीश हरिकृष्ण कार्की, #संवैधानिक परिषद्, #संसदीय सुनुवाइ समिति
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्