श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।
लङ्कन समाचार संस्था न्युज फस्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो ।
गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो ।
अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पुर्याउने निर्देशन पनि न्यायालयले गरेको छ । सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाई भने पर सारिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्