भारतीय प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमण निश्चित
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपतिको सरकारी निवास तथा कार्यालय ह्वाइट हाउसले अर्को महिना वाशिंगटन डीसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको घोषणा गरेको छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको तालिका अनुसार राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक राजकीय भ्रमणको लागि आयोजना गर्नेछन्, जसमा जुन २२, २०२३ मा राजकीय रात्रिभोज समावेश हुनेछ, घोषणामा थपिएको छ। भ्रमणले दुई देशहरू र तिनीहरूका जनताबीचको सम्बन्धलाई गहिरो र घनिष्ट साझेदारीूपुष्टि गर्नेछ।
दुई देशको बीचमा व्यापार, उद्योग, शिक्षा, अनुसन्धान, ऊर्जा, रक्षा, सुरक्षा, स्वास्थ्य सेवा र जनता–जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनेलगायत आपसी हितका विभिन्न क्षेत्रमा छलफल हुनेछ ।
यो भ्रमणले स्वतन्त्र, खुला, समृद्ध र सुरक्षित इन्डो—प्यासिफिकका लागि दुई देशको साझा प्रतिबद्धतालाई बलियो बनाउनेछ र रक्षा, स्वच्छ ऊर्जा र अन्तरिक्ष लगायत हाम्रो रणनीतिक प्रविधि साझेदारीलाई उचाइमा पुर्याउने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेअ गरिएको छ ।
ह्वाइट हाउसका अनुसार मोदी र बाइडेनले शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन, कार्यबल विकास र स्वास्थ्य सुरक्षामा विस्तारमा छलफल गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्