प्रधानमन्त्री प्रचण्डसँग संसदमा आज सांसदको सवाल–जवाफ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन् ।
नियमावलीको नियम ५६ मा प्रधानमन्त्री प्रचण्डको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ। सदस्यले आफ्नो स्थानमा उभिएर प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्छ ।
प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउँछन्। बिहीबार सांसदले नक्कली भुटानी शरणार्थी प्रकरण, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता र टीकापुर घटनामा केन्द्रित प्रश्न गर्ने बुझिएको छ । मंसिर ४ मा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिन लागेको यो पहिलो पटक हो।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #सवाल–जवाफ, #सांसदको सवाल–जवाफ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्