के गर्ला रास्वपा : सरकारलाई दिएको समर्थन कायम वा फिर्ता ?
काठमाडौं । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने जनाएको छ । सरकारबारे निर्णय गर्न रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
संयुक्त बैठक साँझ ५ बजे बैठक बोलाइएको छ । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर, उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । उपनिर्वाचन जितेपछि लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समर्थन कायम राख्ने, #सरकार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्