भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने
बेइजिङ । भारतको गोवामा गोवामा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री छिन काङ सहभागी हुने भएका छन् ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बैठकमा छिन काङले अन्य एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थाका बारेमा विचार आदानप्रदान गर्ने छन्। एससीओ विदेश मन्त्रीहरूको बैठक मे ४ र ५ मा गोवामा हुनेछ।
“बैठकमा राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री छिन काङले यस वर्षको एससीओ शिखर सम्मेलनको पूर्ण तयारीका साथ अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था र विभिन्न क्षेत्रमा एससीओ सहयोगलगायत अन्य विषयमा एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग विचार आदानप्रदान गर्ने प्रवक्ताले बताएका छन्।
यसअघि, चीनका रक्षामन्त्री जनरल ली साङ्फु गत महिना एससीओ अन्र्तगत रक्षा मन्त्रीहरूको बैठकमा भाग लिन दिल्ली पुगेका थिए।
क्याटेगोरी : विदेश, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन


