राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती “प्रबल जनसेवाश्री” (चतुर्थ) पदकबाट विभूषित भएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती आज सम्मानित भएका हुन ।
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उप्रेती विभूषित गरेका हुन । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने सम्मान बैंक, वित्तीय तथा सहकारी क्षेत्रबाट अध्यक्ष उप्रेतीलार्ई लाई प्रदान गरिएको छ ।
भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका अवसरमा उप्रेती सहित ९९८ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकप्रदान गर्ने घोषणा भएको थियो । सोहि पदकबाट गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं विभुषित भएका थिए ।
अध्यक्ष उप्रतीले विभूषित हुनपाउँदा असाध्यै हर्षित भएको बताए । उनले भन्नु भयो “मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न सदैब साथ र सहयोग प्रदान गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू, साथीभाइहरू, राष्ट्रिय सहकारी बैंक परिवार एवम् सम्पूर्ण सरोकारवालाहरू प्रति म कृतज्ञ छु” ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्