पाकिस्तानको चर्चमा आक्रमण गरेको आरोपमा पक्राउ परेका विरुद्ध मुद्दा दर्ता
इस्लामाबाद । पाकिस्तानको एक चर्चमा आक्रमण गर्ने र अन्धाधुन्ध गोली चलाउने संदिग्धहरू विरुद्ध आतंकवादको मुद्दा दर्ता गरिएको छ।पास्टर युनिस जावेदले दर्ता गरेको उजुरीको जवाफमा खन्ना पुलिस स्टेशनमा आतंकवाद विरोधी ऐन र अन्य धेरै आरोपहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। घटनाको अनुसन्धान काउन्टर टेररिज्म विभागलाई सुम्पिएको छ ।
स्थानीय पत्रिका डनको अनुसार प्रहरी अधिकारीले तीन जना विरुद्ध किटानी जायेरी दिएपनि अहिलेसम्म अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। एफआईआरका अनुसार पास्टरकी छोरीलाई चार व्यक्तिले रोकेर यौन उत्पीडन गरेका थिए । त्यतिबेला उनी र उनको भाइ पिन्डोरियनको चर्चमा जाँदै थिए।
पीडित युवतीकी भाइले यस्तो नगर्न आग्रह गर्दै त्यस्तो कृयाकलाप रोक्न प्रयास गरेपछि आक्रमणकारीले उनलाई कुटपिट गरेका थिए । पछि, ४० हतियारधारी व्यक्तिहरूको समूहले चर्च भित्र प्रार्थना गरिरहेका बेला आक्रमण गरेका थिए । चर्चमा यस्तो घटना भएको सूचना पाउनु वित्तिकै प्रहरी घटनास्थलमा पुगेपनि आक्रमणकारी प्रहरी पुग्नु अघि नै फरार भएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्