प्रचार–प्रसारको अन्तिम दिन, मध्यरातदेखि मौन अवधि,मत माग्न दलहरुको दौडधुप !

काठमाडौं । बैसाख १० गते उपनिर्वाचन मुखैमा पुगेपछी बिभिन्न दलका शिर्ष नेताहरुले चुनाबी मैदानमै पुगेर आफ्ना उम्मेदवारका लागी भोट मागेका छन । चुनाबी परीणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल देखी पुर्वप्रधानमन्त्रीहरु शेर बहादुर देउवा र माधबकुमार नेपालसम्मका शिर्ष नेताहरु चुनाबी मैदानमा खटिएका छन । सत्तारुढ गठबन्धनबाट तनहु १ मा गोबिन्द भट्टराई, चितवन २ मा जितनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादव उम्मेदवार छन ।
प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एकिकृत समाजवादीका अध्यक्ष नेपाल सहित अन्य शिर्ष नेताहरु चुनाबी मैदानमै पुगेर आमसभा र घरदैलो कार्यक्रम मार्फत मतदातासँग भोट मागीरहेका छन । बुधबार मात्र दाहाल, देउवा र नेपालले तनहुमा पुगेर गठबन्धनका साझा उम्मेदवार गोबिन्द भट्टराईका लागी भोट मागेका थिए । त्यसक्रममा प्रधानमन्त्री दाहालले भट्टराईलाई चुनाब जिताएर पठाए आफुले मन्त्री बनाउने तनहुबासीलाई आश्वासन दिएका छन ।
सत्तारुढ गठबन्धनका सिर्ष नेताहरुले चुनाब प्रचारको अन्तिम दिन बिहिबार चितवन र बारा पुगेर गठबन्धनका साझा उम्मेदवारलाई भोट मागेका छन । उनिहरुले चितवन निर्वाचन क्षेत्र नम्बर २ को कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेका छन । सम्बोधनका क्रममा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन । सत्तारुढ गठबन्धनका सिर्ष नेताहरुले बारामा पुगेर समेत गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवका लागी भोट मागेका छन ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव गत वर्ष मंसिर ४ को चुनाबमा पराजित भएका थिए । यादवलाई जसरी पनी संसदमा ल्याउने रणनीतिमा रहेका सत्तारुढ गठबन्धनका सिर्ष नेताहरुले चुनाबी मैदानमै पुगेर मतदातासंग भोट मागेका हुन । त्यसोत नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिर्ष नेताहरुलाई मैदानमा खटाएर चुनाबी अभियानलाई आक्रामक बनाएका छन । चुनाबी प्रचारको अन्तिम दिन एमाले र रास्वपाले उपनिर्वाचन हुने तनहु १, चितवन २ र बारा २ का बिभिन्न्न ठाउमा चुनाबी सभा गरेका छन ।
रास्वपाको सभा
राष्टिय स्वतन्त्र पार्टीले चितवनमा बैसाख १० गतेको उपनिर्वाचनलाई लक्षित गर्दै अन्तिम चुनाबी सभा गरेको छ । उक्त चुनाबी सभालाई रास्वपाका शिर्ष नेताहरुसंगै उपनिर्वाचनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा पार्टी सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले चुनावमा आफ्नो जित सुनिस्चित रहेको बताएका छन । उनले चितवनमा मात्र नभएर उपचुनाब हुन लागेका तनहु १, बारा २ र चितवन २ मा पनी रास्वपाका उम्मेदवार पनी भारी मतातन्तरले बिजयी हुने ठोकुवा गरे ।
तनहु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदावर डा. स्वणीम वाग्ले पनी चुनाबी सभालाई सम्बोधन गर्न चितवन पुगेका थिए । चुनाबी सभालाई सम्बोधन गर्दै डा. वाग्लेले उप निर्वाचनमा रास्वापाले क्लिन स्विप गर्ने दाबी गरे । कांग्रेस छोडेर रास्वपा प्रबेस गर्दै तनहु १ का उम्मेदवार बनेका डा. वाग्लेले सम्बोधनका क्रममा आफ्नो पुर्व पार्टी नेपाली कांग्रेसको चर्को आलोचना गरे । चुनावी सभामा सहभागी हुन चितवन पुगेका रास्वपाका नेताहरुले पुराना पार्टीहरुबाट देशको विकास नहुने भन्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । निर्वाचन आयोगको तालिकाअनुसार बिहिबार मध्यरातपछि चुनावको प्रचारप्रसार गर्न पाइदैन । आयोगको तालिकाअनुसारै अन्तिम चुनावी सभाका लागि नेताहरु चितवन पुगेका हुन् ।
एमालेको सभामा ओलीको गर्जन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्नका लागि एमाले उम्मेदवारहरुले चुनाव जित्नुपर्ने बताएका छन् । एमाले बाहेकका शक्तिहरुले देशको विकास गर्न नसक्ने उनको दाबी छ । चुनावी सभाका लागि बारा पुगेका अध्यक्ष ओलीले २० वर्षसम्म हुन नसकेको काम एमाले नेतृत्वको सरकारले तिनवर्षमा गरेको समेत दाबी गरे । अध्यक्ष ओलीले चुनावको प्रचार प्रसारमा सत्ता गठबन्धनका शिर्ष नेताहरुको देश दौडाहाको समेत आलोचना गरेका छन् । उनले अहिलेको सरकार कायमै रहे प्रहरीले पोशाक फेर्न नपाउने र वृद्धभत्ता समेत कटौती गर्ने दाबी गरेका छन् ।
ओलीले सूर्य चिन्ह एमालेको मात्रै नभएर सबैको भएको भन्दै कांग्रेसका कार्यकर्तालाई समेत मतदान गर्न आह्वान गरे । यसअघि चुनाव हुन लागेका अन्य जिल्लामा विरामी भएका कारण पुग्न नसकेका ओली बिहिबार भने बारा पुगेका हुन् । बैशाख १० गते हुने उपचुनावको प्रचार प्रसार गर्न पाइने अन्तिम दिन ओली बारा पुगेका हुन् । बारामा एमालेका तर्फबाट नेता पुरुषोत्तम पौडेल उम्मेदवार रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह समेत उम्मेदवार रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बैसाख १० गते उपनिर्वाचन, #रास्वपाको सभा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्