जम्मू–कश्मीरको सडक सञ्जाल चार वर्ष भित्रमा अमेरिकाका सडक बराबर हुनेछ: गडकरी
श्रीनगर । आगामी ३–४ वर्षमा, जम्मू र कश्मीरका सडक सञ्जालहरु अमेरिकी सडकहरू बराबर हुने केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले बताए । ‘हामी यस्तो मिशनमा काम गरिरहेका छौं कि आगामी तीन–चार वर्षमा हामी जम्मू र कश्मीरको सडक नेटवर्कलाई अमेरिकाको बराबर बनाउनेछौं’ केन्द्रीय मन्त्री गडकरीले भने। केन्द्रीय मन्त्री केन्द्र शासित प्रदेशको दुई दिने भ्रमणमा छन् ।
उनले भने दिल्ली–कटरा जोड्ने चार लेनको ग्रीनफिल्ड एक्सप्रेसवे पनि बनाइनेछ, जसले दुई शहरहरू बीचको दूरी ५८ किलोमिटर घटाउनेछ। कुल ३२ ग्रीन एक्सप्रेस राजमार्गहरू निर्माण भइरहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण दिल्ली–अमृतसर–कटरा ग्रीनफिल्ड हो।
“अहिले दिल्लीबाट कटराको दूरी ७२७ किलोमिटर छ, यो एक्सप्रेसवेले दूरी ५८किलोमिटरले घटाउनेछ। यससँगै दिल्ली–अमृतसर, दिल्ली–कटरा र दिल्ली–श्रीनगरबीचको दूरी क्रमशः ४ घण्टा, ६ घण्टा र ८ घण्टामा पूरा हुने सम्भावना छ,’ उनले भने ।
यस्तै, गडकरीले ट्वीटमा भनेका छन् कि जम्मु कश्मीरमा २५ हजार करोडको लागतमा १९ वटा सुरुङ निर्माण भइरहेको छ । यातायात मन्त्रीले यो सुरुङ निर्माणसँगै लद्दाखका लागि वर्षभरी सबैतिर सञ्जाल जोड्न सकिने बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्