ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठन विरुद्ध चीनको कठोर कारबाही
बेइजिङ । चीनले ताइवान स्वतन्त्रताको वकालत गरेकोमा ‘प्रोस्पेक्ट फाउन्डेसन’ र ‘एशियन लिबरल एण्ड डेमोक्र्याट परिषद्’ विरुद्ध कठोर कारबाही गरेको बैंकक पोस्टले लेखेको छ ।
दुई ताइवानी संगठनहरूलाई कुनै पनि सहयोग गर्न निषेध गरिएको छ। संस्थाका प्रमुख व्यक्तिलाई मुख्य भूमि र हङकङ र मकाउका विशेष प्रशासनिक क्षेत्रहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, बैंकक पोस्टको समाचारमा उल्लेछ । ।
उनीहरुले चीन विरोधी शक्तिहरूसँग आफूलाई मिलाउन सबैतिर लागेका छन्, र उनीहरु ‘एक चीन, एक ताइवान’को पक्षपोषणमा लागिरहेको आरोप लगाइएको छ ।
यसैबीच, चीनले शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि ताइवानका वास्तविक राजदूत सियाओ बि–खिम विरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले बेइजिङको कदमको आलोचना गर्दै चीनलाई हस्तक्षेप गर्ने अधिकार नभएको एक विज्ञप्ति उल्लेख भएको क्योडो न्यूजले समाचार लेखेको छ।
कम्युनिष्ट नेतृत्वको चीन र ताइवान सन् १९४९ मा गृहयुद्धका कारण विभाजित भएदेखि अलग–अलग शासन गर्दै आएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्