Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

रवि लामिछानेका निजी चालक घरको छतबाट कसरी खसे ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरतपुरस्थित घरको छतबाट खसेर गाडी चालक गम्भीर घाइते भएका छन् । बिहान ४ बजे भरतपुर–११ मा रहेको रास्वपा सभापति लामिछानेको घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा खसेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

खुट्टा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । चोटका कारण चालक थापाको अवस्था गम्भिर बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएको बताइएको छ ।

तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेको थियो । लामिछाने घरको भुईँ तलामा, दोस्रो तलामा दिपक बोहरा लगायतका टोली र तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम तह भएको समयमा यस्तो अप्रिय घटना घटेको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं