Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

काठमाडौं उपत्यकामा अनलाइन राइडरको मनलाग्दी, यात्रुसँग अफलाइनमै मोलमोलाई !


काठमाडौं । गन्तब्य स्थानमा पुग्नका लागि सहज माध्यम बनेको पठाओ टुटल लगायत विभिन्न अनलाइन माध्यमहरु एकपछि अर्को विवादमा पर्ने गरेका छन् । सेवा दिने नाममा राइडरहरुले यात्रुलाई विभिन्न समस्यामा पार्ने गरेका छन् । विभिन्न किसिमका आपराधिक क्रियाकलाप घटनाहरु बाहिर आउन थालेपछि प्रहरीले यस्ता राइडरहरुलाइ धमाधम निायन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

के तपाइले पनि पठाओ इनड्राभ टुटल प्रयोग गरेर यात्रा गर्नु भएको छ ? पक्कै पनि यस्ता एप्स प्रयोग गरेर आफ्नो यात्रा गर्नु भएकै होला । आजभोलि काठमाडौंका चोक–चोकमा पठाओका नाममा मोटरसाइकल चालकहरु यात्रुसँग अफलाइन मोलमोलाइ गरिरहेका भेटिन्छन् । खासमा मोबाइल एप्समार्फत अनलाइनबाट यात्रा सुनिश्चित गर्नुपर्ने हुन्छ । तर, धेरै पैसा कमाउने नाममा राइडरहरुले अफलाइनमै मोलमोलाई गरेर यात्रु ओसारपोसार गर्ने गरेका छन् ।

यसरी अफलाइन सेवा प्रदान गर्दा राइडहरु स्वतन्त्र हुने भएकाले अपराधिक गतिविधि पनि बढ्न थालेको छ । त्यस्ता अफलाइन राइडहरुले यात्रुसँग चर्को रुपैयाँको मोलमोलाइ गर्छन् । आफूले गरेको कामको केही प्रतिशत रकम पठाओलाई तिर्नुपर्ने र डाटा सकिने भन्दै अधिकांश राइडरले अफलाइन सेवा दिइरहेको बताए । कोही पठाओमा दार्ता हुनको झन्भटले पनि अफलाइनमा यात्रु बोक्ने गरेका छन् ।

अनलाइन मार्फत सञ्चालन गरिने यस्ता यात्रा सहज पनि हो र उनीहरुले धेरै जसको नागरिकलाइ सेवा पनि दिइरहेका छन् । तर पछिल्ला दिनमा अनलाइ मार्फत भन्दा पनि अफलाइनमा यात्रुहरुलाइ बर्गेनिङ गर्ने र मौका मिलेको खण्डमा बालात्कार लटपाटका घटना जस्ता अपराधिक घटनाहरु बद्दै जान थालेपछि प्रहरीले अफलाइन मार्फत सञ्चालित राइडरहरुलाइ धमाधम नियन्त्रणमा दिन थालको छन् ।

पछिल्ला ३ दिनमा मात्रै करिब २ सय जना भन्दा बढी राइडरहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा पठाओ, टुटल, इन्ड्राइभ, ट्याक्सीमाण्डु, लगायत दर्जनौँ कम्पनीले अनलाइन राइडिङ सेवा दिइरहेका छन् । तर सरकारी नियमन बाहिर छन् । पठाओ कार्यलयको तथ्याङक अनुसार पठाओ कार्यलयमा मात्रै दर्ता भएका दुइपाङग्रे र चारपाङग्रे सवारी साधन मात्रै १ लाख ३० हजार भन्दा बढी छन् । ती मध्ये ४० हजार भन्दा बढी सक्रिय छन् । तर नियमन बाहिर छन् ।

अपराधिक क्रियाकलाप गर्ने राइडरहरुलाइ सोही कम्पनिले निलम्बन गर्ने बाहेक अन्य कुनै कारबाहि नहुदाँ अफलाइन राइड गर्ने र अपराधिक क्रियाकलाप गर्ने प्रविधि मौलाएको पठाओ सञ्चालनको दाबी छ । ट्याक्सी सेवामा ठगिएका यात्रुको विकल्प बनेको पठाओ सार्वजनिक यातायातमा दर्ता नै छैन् ।

अन्तर्राष्ट्रिय प्रावधान देखाउदै चलाएको भए पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले चिन्दैन । ऐन अनुसार एउटा प्रयोजनका लागि खरिद गरिएको सवारीसाधन अर्को प्रयोजनमा लगाउन पाइदैन । तर, निमय कानुन विपरीत सञ्चलित यस्ता सेवालाइ व्यवस्थित बनाउने हो अथाव निरुत्साहित बनाउने भन्नेमा सरकार गम्भीर हुनु आवश्यक छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अनलाइन माध्यम, #अनलाइन राइडर, #गन्तब्य स्थान, #राइडरको मनलाग्दी

तपाईको कमेन्ट लेख्नुहोस्