Techie IT
  • ८ जेठ २०८२, बुधबार
KhojPatrika

नयाँ वर्षको शुभकामना दिँदै सांसद चन्द्र भण्डारीले भने, निको भएर चाँडै फर्किन्छु


काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भण्डारीले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन् । गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनी सहित आमा घाइते भएका थिए। आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि सोही दिन उपचारका लागि भारत लगिएको थियो ।

झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र हिड्न सक्ने भएको बताइएको छ । उनले आफू उपचार सकेर चाँडै फर्किने पनि भिडियो सन्देशमा बताएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं