ढुंगा–गिटी ठेक्कामा साढे पाँच करोड अनियमितता, नौ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । ढुंगा, गिटीको ठेक्का लगाउँदा करिब साढे पाँच करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८–७९ मा महाकाली नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राभेल) को ठेक्का लगाउँदा पाँच करोड ४३ लाख ३२ हजार रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारको टोलीले मुद्धा दर्ता गरेको हो ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालकद्वय ईश्वरीप्रसाद भट्ट र दिवाकर भट्टसमेतलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ।
तत्कालीन प्रमुख प्रशासकीय भट्ट र लेखा अधिकृत उपाध्यायले ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ को व्यवस्थाबमोजिमको न्यूनतम दरलाई नजर अन्दाज गरी ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनले प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरेका थिए।
सम्झौताबाट मूल्य अभिवृद्धि करसमेत एक करोड ९५ लाख ७२ हजारबराबरको राजस्वसमेत चुहावट भएको अख्तियारको दाबी छ। उक्त रकमलाई बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र सजायसहितको मागदाबी उनीहरूविरुद्ध छ। ईश्वरीप्रसाद भट्टको निधन भएकाले हक खाने अंशियार पत्नी खगेश्वरी भट्टबाट बिगो असुलउपरको मागदाबी अख्तियारले गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पाँच करोड अनियमितता
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्