जी–२०ः अखिल भारतीय आयुर्वेद संस्थानद्धारा ‘वाकथ्रु’ कार्यक्रम सञ्चालन
नयाँ दिल्ली । अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए), भारतको आयुर्वेदको प्रमुख संस्थानले एकीकृत समग्र स्वास्थ्यमा सी–२० को कार्य समूहको लागि ‘वाकथ्रु’ कार्यक्रमको आयोजना गरेका छ। कार्यक्रममा ४०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको थिए । कार्यक्रममा कसरी स्वास्थ्य सेवामा एकीकृत दृष्टिकोणलाई प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भनेर छलफल भएको थियो ।
एआईआईएले आयुर्वेदको अनुसन्धान र प्राज्ञिक क्षेत्रमा सहयोग र सहकार्यका लागि अमृता विश्व विद्यापीठम विश्वविद्यालयसँग समझदारी पत्रमा एमओयूमा हस्ताक्षर गरेको छ। एआईआईएले संयुक्त राष्ट्र संघका सहायक महासचिव अनिता भाटिया र युएन वुमनकी उपकार्यकारी निर्देशकको हातबाट बाजरा क्यालेन्डरको विमोचन गरेको हो । एआईआईले आयुर्वेदको परम्परागत ज्ञान र आधुनिक उपकरण र प्रविधिको बीचमा तालमेल ल्याउने कार्य गर्दछ ।
आयुर्वेद स्वास्थ्य र व्यक्तिगत औषधिको लागि समग्र दृष्टिकोणको साथ जीवनको विज्ञान हो जुन विश्वव्यापी रूपमा लोकप्रिय भइरहेको छ। आयुर्वेद चिकित्सा र स्वास्थ्य विज्ञानको सबैभन्दा पुरानो प्रणाली हो जुन ३,००० वर्ष भन्दा बढी पुरानो हो। आयुर्वेदको मुख्य उद्देश्य शरीर, मन र आत्माको बीचमा सन्तुलन कायम गर्नु हो। भारतमा मात्र नभई विश्वका अन्य भागहरूमा जीवन विज्ञानको महत्व छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्