महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न
केरला । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्र्तगत महिला सशक्तिकरण विषयको बैठक भारतको केरला राज्यको तिरुवनन्तपुरममा समापन भएको छ । केन्द्रीय महिला तथा बाल विकास मन्त्रालयले आयोजना गरेको तीनदिने बैठकको नारा ‘महिला सशक्तिकरणः समानता र अर्थतन्त्रको उपलब्धि’ रहेको थियो ।
बैठकमा महिला उद्यमशीलता, नेतृत्व विकास र आर्थिक सशक्तिकरणका विषयमा छलफल भएको थियो । बैठकमा महिला सशक्तिकरणमा स्वास्थ्यको भूमिका, विज्ञान तथा गैरपरम्परागत क्षेत्रमा महिलाको सहभागितालगायत विषयमा पनि छलफल भएको थियो ।
बैठकको अध्यक्षता गरेकी डा संगीता रेड्डीले १ सय २१ भाषामा महिलाका लागि डिजिटल फ्लुएन्सी प्लेटफर्म र मेन्टरशिप प्लेटफर्म स्थापना गरिने जानकारी दिइन् । बैठकमा केन्द्रीय महिला तथा बाल विकास सचिव इन्दिवर पाण्डे, केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्