अश्लील भिडियोको ब्ल्याकमेलमा परे पूर्वमन्त्री खान, साइबर ब्युरोमा उजुरी

काठमाडौं । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले एक केटीले आफ्नो अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०४७ को दफा ४ को उपदफा ३ बमोजिम उनले साइबर ब्यूरोमा जाहेरी दर्ता गराएको खानले बताएका छन् । योजनावद्ध तरिकाले चरित्र हत्या गर्न भिडिओ बनाउने समूहमाथि कारबाही गर्न उनले उजुरीमा उल्लेख गरेका छन् ।
खानले उजुरीमा भिडिओ बनाउनमा संलग्न केहि व्यक्तिको नाम किटान गरेको र केहि व्यक्तिको नाम पछि बुझाउने बताइएको छ । डिजिटल क्रान्तिका गलत कुराबाट बच्न सबै सचेत एवं गलत कार्यको विरूद्ध सहयोग गर्न उनले अनुरोध समेत गरेका छन् ।
भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा कुराकानीको क्रममा एक महिलाले एक्कासि अश्लील हरकत गरी सो भिडियो रेकर्ड गरेर आफूसँग ३ लाख रुपैयाँ माग गरेको उजुरीमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अब्दुल खान, #पूर्वमन्त्री अब्दुल खान, #ब्ल्याकमेल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्