इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने ब्यवस्था गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सवारी साधनमा प्रयोग हुने सबै प्रकारका नम्बर नेपालीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट जडानको व्यवस्था गर्ने निर्णय गरेको छ । हाल बंगलादेशी कम्पनी डुकाटुर टाइगरले ठेक्का पारेर अंग्रेजीमा नम्बर प्लेट छापिरहेका बेला त्यसलाई नेपालीमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
सोमवारको मन्त्रिपरिषद् बैठकले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था परिवर्तन गरेर नेपालीमा राख्न निर्देशन दिने निर्णय गरेको छ । इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने व्यवस्था गर्न सरकारले यातायात व्यवस्था ऐन नै संशोधन गर्ने निर्णय गरेको छ ।
बैठकले ‘सवारी तथा व्यवस्था ऐन २०४९’ को अनुसूची २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो । यो स्वीकृतिसँगै अहिले अंग्रेजीमा राखिँदैआएको इम्बोस्ड नम्बर प्लेटलाई अब नेपालीमा राख्ने गरी यातायात ऐन संशोधन हुने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन । प्रवक्ता शर्माले मंगलवार पत्रकार सम्मेलन गरेर चैत १०, चैत १४ र चैत २० गतेको मन्त्रिपरिषदले गरेका विभिन्न निर्णय सार्वजनिक गरेकी थिइन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #नेपालीमा रूपान्तरण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्