ललितपुरका सहकारीकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम
ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको संयोजनमा ललितपुरका सहकारीकर्मीहरुलाई २ दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिम उद्घाटन बैंकका सञ्चालक रामहरि बजगाईँले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक बजगाईँले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको सहकारी संस्थामा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम सङ्गत सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्त्वपूर्ण भूमिका रहने बताए । तालिममा महानगरमा रहेका विभिन्न सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण अनिलवीर वज्रचार्यले गर्नु भएको थियो, भने समापन कार्यक्रमको सञ्चालन बैंकको लगनखेल शाखाका प्रमुख रमा घिमिरेले गरेका थिए । चैत्र ५ र ६ गते सञ्चालन भएको तालिमको समापन ललितपुर महानगर सहकारी शाखाका प्रमुख देव प्रसाद गुरागाईँले गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्