सहकारीका समसामयिक मुद्धाहरुलाई उजागर गर्नेछौँः अध्यक्ष उप्रेती
ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले “सहकारीको दिगोपनस् स्वनियमन र सुशासन” भन्ने थिमलाई सार्थक हुने गरी सहकारीका समसामयिक मुद्धाहरुलाई उजागर गर्ने बताएका छन् ।
आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका र राष्ट्रिय सहकारी बैंक लिमिटेड ईमाडोल शाखाको संयुक्त आयोजनामा भएको ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सहकारी संस्था सञ्चालनका आधार र सकारात्मक सोच सम्बन्धी प्रशिक्षण एवम् कार्यशाला गोष्ठीमा बोल्दै विश्वव्यापी आर्थिक मन्दीको प्रभावले बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभावमा पनि सहकारी संस्थाहरु कतिपनि विचलित नभई सहकारी सदस्यको बचतको सुरक्षा लागि जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै सहकारी अभियानको तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरी सहकारी दिवस मनाउने बताए ।
नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले सहकारीमा सुशासन र पादर्शीताको आवश्यकता रहेको उल्लेख गर्दै नगर भित्रका सहकारीहरूलाई प्राथामिताको आधारमा वर्गीकरण गरी छिट्टै नै अनुगमनको कार्यलाई अगाडि बढाउने र नीति नियम तथा सहकारी मूल्य र मान्यतामा नचल्ने संस्थाहरुलाई नियम बमोजिम कारबाहीको दायरामा ल्याउने बताए ।
नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिना र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.लुभुका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले सहजीकरण गरेका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्