अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु
काठमाडौं । दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।
अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ।
यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ। अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरेका छन् । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ।
अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्