आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै
शाखापट्टनम । भारतको विशाखापट्टनममा मार्च २८ बाट हुने जी–२० शिखर सम्मेलनको लागि तयारी लगभग पूरा भएको छ । जी–२० सम्मेलनको तयारीका लागि मात्र रु १५७ करोड खर्च भइसकेको जिल्ला इन्चार्ज तथा स्वास्थ्य, परिवार कल्याण तथा चिकित्सा शिक्षामन्त्री विदुदला रजनीले जानकारी दिइन् ।
ग्लोबल इन्भेष्टर्स समिटको आयोजना गरिसकेपछि, विशाखापट्टनम जी–२० सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा विभिन्न देशका दुई सय प्रतिनिधि आउने भएकाले आवश्यक यातायात, आवास र सुरक्षा व्यवस्था पूरा गरिसकेको बताइएको छ ।
सम्मेलनको व्यवस्था अन्तर्गत विदेशी प्रतिनिधिले भ्रमण गरेका क्षेत्रमा पूर्वाधार निर्माण गरी ४६ किलोमिटर बीटी सडकको काम, २४ किलोमिटर पेन्टिङको काम र १० किलोमिटर फुटपाथ निर्माणको काम स्थायी रुपमा सम्पन्न भएको छ ।सम्मेलनमा जी–२० का सदस्य राष्ट्र र युरोपेली संघका देशहरू पनि सहभागी हुने भएका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्