Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

नेपाल प्रहरीको ३० औँ आईजीपी बने बसन्त कुँवर, एक सातामै छलाङ


काठमाडौं । पहिलो नम्बरमा बढुवा भएर दुईदिन अघि मात्रै एआईजीको फुली लगाएका बसन्त कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

दुई दिनअघि मात्र एआईजीको फुली लगाएका कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपीको जिम्मेवारी सम्हाल्नेछन् । हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारी एकसाथ उमेर हदका कारण अवकाश हुन लागेका हुन्।

सिंह गत बैशाखको तेस्रो साता मात्रै आईजीपी बनेका थिए । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् ।

गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका कुँबर एआईजीमा बढुवा गर्दा समेत वरियता हेरफेर नगरि पहिलो नम्बरमा परे। यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा थिए। कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारका बेला महान्यायधिवक्ता बनेका थिए । पारिवारिक विरासत समेत कांग्रेस निकट मानिन्छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #५ जना आईजीपी, #आईजीपी बने बसन्त कुँवर

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं