चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना
इटानगर । अरुणाचल प्रदेशको राजधानी इटानगरमा मार्च २४ देखि २५ सम्म हुने जी–२० शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।चीन जी–२० शिखर सम्मेलनमा भाग लिने वा नगर्ने अन्योलमा छ । पछिल्लो समय भारत र चीन पूर्वी लद्दाखमा ३१ महिना भन्दा बढी समयदेखि लामो सीमा विवादमा जारी रहेको छन्। जुन २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घातक झडपपछि द्विपक्षीय सम्बन्ध दरार आएको थियो ।
भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशबीच कूटनीतिक र सैन्य माध्यमबाट छलफल भइरहेको छ । दुवै पक्षले सामान्य स्थितिमा फर्कन र सीमामा तनाव कम गर्ने र सम्बन्ध सुधारमा ध्यान केन्द्रित गरिरहेको मन्त्रालयले जनाएको छ।
अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्सेमा दुवै पक्षका सेनाबीच झडप भएपछि भारत र चीनबीच तनाव बढेको छ । पछिल्लो पटक चीनका विदेश मन्त्री ग्याङले नयाँ दिल्लीमा मा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका थिए। त्यसैले चीनले शिखर सम्मेलनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने स्रोतको तर्क छ । जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
- २विदेशबाट मतदान तथा अन्तर क्षेत्र निर्वाचनको कानुनी मस्यौदा तयार, होला त सम्भव ?
- ३सहकारी ठगी प्रकरणः छविलाल जोशी पनि धरौटीमा रिहा
- ४ओलीमाथी खनिए रबि,चुनाव जितेर देखाउन चुनौती !
- ५दुर्गा प्रसाईंले सरकारलाई दिए पुस १० गतेसम्मको अल्टिमेटम,माग पूरा नभए चुनाव हुन दिदैनौं



तपाईको कमेन्ट लेख्नुहोस्