शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च: पञ्जाबका मूख्यमन्त्री
अमृतसर । पंजाबका मुख्यमन्त्री भगवन्त मानले शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च भएको बताएका छन् । उनले विशेष गरी राज्यको शिक्षा क्षेत्रलाई विकासको लागि यो सम्मेलन लाभदायिक भएको बताउका हुन् । पञ्जाबमा भएको जी–२० शिक्षा कार्यदलको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस शिखर सम्मेलनमा हुने छलफलले शिक्षाको स्तर उकास्ने मात्र नभई राज्यका युवालाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उनले विश्व अर्थतन्त्रसँग सम्बन्धित प्रमुख समस्यालाई सम्बोधन गर्न जी–२० को अथक प्रयासले समग्र मुलुक र विशेषगरी राज्यको आर्थिक वृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मानले शान्ति, समझदारी र अन्तर्राष्ट्रिय सहयोगको वातावरण प्रवर्द्धनका लागि जी— ले गरिरहेको ठोस प्रयासको पनि प्रशंसा गरे। उनले स्वास्थ्य र शिक्षा मानवीय र सामाजिक विकासको आधारशिला भएको बताउँदै यी दुई महत्वपूर्ण क्षेत्रलाई सुदृढ र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले आगामी आर्थिक वर्षमा विद्यालय र उच्च शिक्षाका लागि १७ हजार ७२ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरेको मानले बताए । उनले आफ्नो सरकारले राज्य र अन्य देशका विद्यार्थीबीच ज्ञान आदानप्रदान सम्झौतालाई अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको बताए । मानले विद्यार्थीलाई विश्वको सामाजिक आर्थिक विकासको साझेदार बनाउनु अहिलेको आवश्यकता भएको बताए । मुख्यमन्त्रीले शिक्षा र श्रममा दुई सत्रहरू आयोजना गर्न अमृतसरलाई छनोट गरेकोमा केन्द्रलाई धन्यवाद पनि दिएका थिए।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्