पाकिस्तानको जेलले २६ अफगान बन्दीलाई रिहा
काबुल । पाकिस्तानले कम्तिमा २६ अफगान बन्दीहरू पाकिस्तानी जेलबाट रिहा गरेको छ । बन्दीहरूलाई पाकिस्तानको कारागारबाट स्पिन बोल्दाक नाका हुँदै घर फर्किएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता विभागलाई उद्दृत गर्दै खामा प्रेसले समाचार लेखेको छ। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता विभागले बुधबार सिन्धमा महिला र बालबालिकालाई बसोबासका कागजातहरू नभएका कारण कैद गरिएको बताएको छ। गत केही महिनाहरूमा, महिला र बालबालिका सहित सयौं गैरकागजातविहीन अफगान नागरिकहरू, कराँची र सिन्ध लगायत पाकिस्तानको कारागारमा कैद गरिएका छन् । पाकिस्तान मानव अधिकार आयोग र संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले पाकिस्तान सरकारलाई अफगान नागरिकहरूसँग सभ्य व्यवहार गर्न आग्रह गरेको, खामा प्रेसले रिपोर्ट गरेको छ।
यस महिनाको सुरुमा कराची जेलबाट १३७ अफगान नागरिक रिहा भएर घर फर्किएका थिए। यसअघि मार्चको शुरुवातमा पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए)ले पेशावर विमानस्थलबाट अध्यागमन प्रक्रियाका क्रममा पाँच जना अफगान नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका अफगानी नागरिक नक्कली अफगान राहदानीमा लण्डन जाने अन्तर्राष्ट्रिय उडानमा सवार थिए । जनवरीमा कराँचीमा रहेको अफगान वाणिज्य दूतावासले तीन महिनामा कम्तिमा तीन अफगानी शरणार्थीहरू पाकिस्तानको जेलमा मरेको अफगानिस्तानको टोलो न्यूजले समाचारमा उल्लेख गरेको छ ।
पजवोक अफगान न्यूजका अनुसार पाकिस्तानको सेनाले स्पिन बोल्दाक—चमन गेटबाट यात्रा गर्ने अफगानीहरूलाई यातना दिने गरेको जनाएको छ । स्पिन बोल्डक—चमन गेटलाई फ्रेन्डशिप गेट पनि भनिन्छ, जुन डुरान्ड रेखा पाक—अफगान सीमामा अवस्थित छ। पाकिस्तान जाने यात्रुहरूले पाकिस्तानी सेनाले आफूहरूमाथि दुर्व्यवहार गर्ने, विभिन्न बहानामा घण्टौंसम्म पर्खाइ राख्ने र जबर्जस्ती रकम असुल्ने गरेको बताउँछन्। अफगानिस्तान र पाकिस्तानको स्पिन बोल्डक–चमन नाकाबाट दैनिक २० हजारभन्दा बढी मानिसहरु व्यापार, उपचार र अन्य प्रयोजनका लागि आवतजावत गर्छन् । (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्