नेपाली क्रिकेट प्रेमीको चिन्ताः भोलि पानी पर्ला कि नपर्ला ?
काठमाडौं । नेपालले भोलि यूएईसँग लिग २ को निर्णायक र अन्तिम म्याच खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलको अघिल्लो दिन क्रिकेट प्रेमीहरुको चासो छ भोलि पानी पर्ला कि नपर्ला ? केहीदिन यता मौसम बदली भईरहेको र देशका विभिन्न स्थानमा पानी परिरहेको छ । यदि वर्षाको कारणले भोलिको म्याच रद्द भयो भने नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लाग्नेछ ।
नेपालले विश्वकपको क्यालिफायरमा स्थान बनाउनका लागि भोलि यूएईविरुद्ध खेल जित्नैपर्ने बाध्यता छ । देशभरका पहाडी भुभागमा आगामी तीन दिन पानी पर्ने सभ्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाकारि दिएको छ । प्रि–मनसुन सुरू भएको र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि दिउँसोदेखि बादल बढ्ने र अपरान्हदेखि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए ।
काठमाडौं उपत्यकामा आज साँझ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको भएपनि भोलि अपरान्हसम्म पानी नपर्ने आँकलन गरिएको छ । भोलि बिहान र दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना कम छ तर पनि दिउँसोदेखि बादल बढेर अपरान्हदेखि हल्का पानी पर्न सक्ने भएकाले ढिलागरि खेल सुरु भएमा प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अन्तिम म्याच, #क्रिकेट प्रेमीको चिन्ता
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्